राजनीति


रूपा सुनारलाई जातीय भेदभाव गर्नेलाई छुटाउने शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

रूपा सुनारलाई जातीय भेदभाव गर्नेलाई छुटाउने शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

नेपालखबर
असार १०, २०७८ बिहिबार ०:५७,

जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ।

सञ्चारकर्मी रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधबार मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हिरासतमुक्त गराई आफ्नै झन्डावाल गाडीमा घर पुर्‍याइदिएपछि चौतर्फी आलोचना भइरहेको छ।

यसै क्रममा एमालेको माधव नेपाल–झलनाथ खनालनिकट संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले घटनाकै दिन बुधबार राति विज्ञप्ति जारी गरी शिक्षामन्त्री श्रेष्ठको ‘हर्कत’विरुद्ध घोर भर्त्सना गर्दै कारबाहीस्वरूप उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको हो।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कानुनलाई हातमा लिँदै अनुसन्धानका लागि थुनुवामा रहेकी सरस्वती प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लगेर गएको हर्कतप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुक्ति समाजका अध्यक्ष गणेश विकेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान तथा कानुनविरोधी काम गर्ने मन्त्रीलाई कारबाहीस्वरूप मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं।’

थप कुरा विज्ञप्तिमा :

mukti samaj

यी पनि :

रूपा सुनार घटना: बृहत् नागरिक आन्दोलनद्वारा शिक्षामन्त्री श्रेष्ठको घोर भर्त्सना

जातीय विभेद गर्ने घरबेटी छुटाउन शिक्षामन्त्री नै गएपछि कांग्रेस प्रवक्ताको प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad