नेकपा एमाले माधव नेपाल पक्षले विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको छ।
नेपाल पक्षको आज बसेको स्थायी कमिटी बैठकले गंगालाल तुलाधरणको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।
समितिमा जनवर्गीय संगठनका अध्यक्ष, महासचिव र पार्टीका प्रदेश प्रतिनिधि रहने एक नेताले बताए।
बैठकले उपचाररत वरिष्ठ नेता झलनाथ खनाल र रघुजी पन्तको स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
प्रतिक्रिया