त्यसपछि अर्को महिना अप्रिलमा अमेरिकाले पनि परामर्शको लागिभन्दै रुसका लागि आफ्नो राजदूत जोन सुलिभान स्वदेश फिर्ता बोलाएको थियो।
वास्तवमा पुटिनलाई हत्याराको संज्ञा दिएपछि रुसले अमेरिकाको १० कूटनीतिज्ञलाई देश निकाला गर्दै आफ्नो राजदूत फिर्ता गरेको थियो।
अमेरिकाले पनि रुसका १० कूटनीतिज्ञलाई प्रतिबन्ध लगाउँदै आफ्नो राजदूत फिर्ता बोलाएको थियो।
बुधबार जेनेभामा यी दुई देशका राष्ट्रपतिबीच भेटवार्ता भएसँगै यतिबेला दुवै राष्ट्रबीच राजदूत तथा कूटनीतिज्ञलाई सेवामा फर्काउने सहमति भएको छ।
रुसी राष्ट्रपति पुटिनका अनुसार बाइडेनसँगको छलफल रचनात्मक भएको छ। छलफलका क्रममा आफूलाई बाइडेनको भनाइमा शत्रुता नझल्किएको उनको भनाइ थियो।
यस्तै छलफलपछि बाइडेनले पत्रकारहरुसँग भनेका थिए,‘मैले राष्ट्रपति पुटिनसँग आफ्नो एजेन्डा रुस या कसैकोविरुद्धमा नभएको र यो मात्र अमेरिका र अमेरिकीहरुको हकको विषयमा भएको बताए।’
बाइडेनले पुटिनसँग रुसबाट हुने साइबर आक्रमणको विषयमा पनि छलफल गरेका थिए। रुसले सैद्धान्तिक रुपमा सो विषयमा सहमति राख्दा आफूले रुसले ठोस कदम चाल्नुपर्ने र त्यस्ता गतिविधि रोक्न सहयोग गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ।
बाइडेनका अनुसार पुटिनसँग व्यक्तिगत रुपमा भेट्न निकै महत्वपूर्ण थियो। आफ्ना योजना र भनाईको बारेमा पुटिनमा गलत भावना उत्पन्न नहोस् भनेर भेटघाट भएको उनी बताउँछन्।
उनी भन्छन्,‘यहाँ जे गर्न आएको थिए मैले त्यहीँ गरे। पहिलो, ती क्षेत्रहरू पहिचान गर्न जहाँ दुई देशहरू आपसी हित र विश्वको हितलाई ध्यानमा राखेर अघि बढ्न सक्नेछन्। दोस्रो, प्रत्यक्ष कुराकानी गर्न र तेस्रो, आफ्नो देशको प्राथमिकताहरू र मूल्यहरू स्पष्ट रूपमा वर्णन गर्न जुन पुटिनले मबाट प्रत्यक्ष रूपमा सुने।’
बाइडेनले सो क्रममा पुटिनका कट्टर आलोचक मानिएको एलेक्सी नभाल्नीको मृत्यु भएमा रुसले गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए।
बाइडेन अगाडि पत्रकार सम्मेलनमा बोलेका पुटिनले भने नभाल्नीले देशको कानुन तोडेका कारण उनलाई जेल हालिएको बताएका थिए। बीबीसी
प्रतिक्रिया