नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमारबीचको वार्ता सहमतिनजिक पुगेपछि नेता विष्णु रिजाल खुसी भएका छन्।
उनले अब एमाले विभाजन रोकिएको दाबी गरेका छन्। एमाले फुटेमा फाइदा लिउँला भनेर मुख मिठ्याउनेहरू निराश बनेको टिप्पणी पनि उनले गरेका छन्।
‘एमालेको एकता जोगिएको छ। दुई नेताबीच पार्टीलाई सहमतिमा अघि बढाउने समझदारी भएसँगै विवादहरू गौण भएका छन् र एमाले फुटेमा फाइदा लिउँला भनेर मुख मिठ्याउनेहरू निराश बनेका छन्,’ नेता रिजालले बिहीबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीमा विवाद हुन्छ, संवाद हुन्छ र समाधान पनि हुन्छ। पार्टी र सरकारलाई प्रभावकारी बनाउनुमा नै भविष्य निर्भर छ।’
3
Shares
प्रतिक्रिया