ad ad

राजनीति


कोरोेना संक्रमणका कारण कांग्रेस नेता कार्कीको निधन

कोरोेना संक्रमणका कारण कांग्रेस नेता कार्कीको निधन

नेपालखबर
बैशाख २७, २०७८ सोमबार २३:५५,

कोरोना संक्रमणका कारण नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ।

७८ वर्षीय कार्कीको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

०१८ सालमा नेपाली कांग्रेसमा आबद्ध भई कार्कीले राजनीतिक यात्रा सुरु गरेका थिए। पञ्चायती व्यवस्थाको बेला उनले पटक–पटक जेलजीवनसमेत बिताएका थिए। उनले एक दशकअघिसम्म जिल्लामा कांग्रेसको नेतृत्व गरेका थिए।

कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ। पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको उल्लेख छ।। कार्कीका श्रीमती, दुई छोरा र एक छोरी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .