ad ad

राजनीति


प्रधानमन्त्री ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपर्नू : माधव नेपाल

प्रधानमन्त्री ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपर्नू : माधव नेपाल

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ६:०,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन्।

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच हिजो बिहीबारदेखि निरन्तर कुराकानी जारी रहे पनि कुनै सहमति हुन नसकेको हो।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ नेता नेपालले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

नेपालले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उनले बताएका छन्।

‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

MadhavNepal statement

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .