ad ad

राजनीति


एमिकस क्युरीको रुपमा कार्कीले भने– संसद विघटन गर्ने ओलीको कदम गलत

एमिकस क्युरीको रुपमा कार्कीले भने– संसद विघटन गर्ने ओलीको कदम गलत

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १०:४९,

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन गलत रहेको बताएका छन्।

उनले प्रधानमन्त्री ओलीले जुन नियत र जुन तरिकाले प्रतिनिधि सभा विघटन गरे त्यो गलत रहेको बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि जारी सुनुवाइमा एमीकस क्युरीको रुपमा सर्वोच्च अदालतमा आफ्ना राय दिने क्रममा कार्कीले सो भनाइ राखेका हुन्।

सो मुद्दामाथि जारी सुनुवाइमा पक्ष र विपक्षका तर्फबाट बहस सकिएपछि आज मंगलबारदेखि एमिकस क्युरीका तर्फबाट राय लिन सुरु गरिएको हो। अब एमिकसका अन्य चारजनाले आफ्नो राय दिने छन्।

‘संसदीय व्यवस्थामा विघटनको अधिकार हुन्छ, तर प्रधानमन्त्री ओलीले जुन नियत र तरिकाले विघटन गर्नुभयो त्यो गलत छ,’ कार्कीले भने, ‘ओलीले बदनियतपूर्ण ढंगले विघटन गरेको हुँदा यो गलत छ।’

ओलीले पार्टीको आन्तरिक विवादलाई कारण देखाएर विघटन गरेको तर संसदप्रति उत्तरदायी हुने प्रधानमन्त्रीले विघटन गर्नुअघि संसदमा सो विषय फेस (सामना) नगरेको बताए।

‘प्रधानमन्त्री मुख्यतः संसदप्रति उत्तरदायी हुन्छ, तर उहाँले संसदलाई फेस नगरी विघटन नै गरिदिनुभयो,’ कार्कीले भने, ‘विघटन गर्नुअघि अर्को सरकार बनाउने कसरत पनि गरिएन।’

उनले प्रधानमन्त्रीले आफूलाई आफ्नै पार्टीबाट असहयोग भएका कारण संसद विघटन गर्नु परेको तर्क गरेपनि त्यस्तो असहयोग गरेको ठोस आधार नदेखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .