ad ad

राजनीति


दुई चरणमा नेकपाको पुनः एकीकरण, यस्तो छ वामदेव गौतमको अवधारणापत्र (पूर्णपाठ)

दुई चरणमा नेकपाको पुनः एकीकरण, यस्तो छ वामदेव गौतमको अवधारणापत्र (पूर्णपाठ)

नेपालखबर
माघ १४, २०७७ बुधबार ८:२८,

नेकपा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय’ अभियानले नेकपाको पुनः एकीकरण दुई चरणमा गर्ने अवधारणापत्र सार्वजनिक गरेको छ।

बुधबार बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा सार्वजनिक अवधारणापत्रमा अदालतको फैसलाअघि र पछि गरेर दुई चरणमा पार्टी एकता गर्ने उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचारधीन छ। अभियानले सोही मुद्दाको फैसला अघि र पछि गरेर दुई चरणमा एकता अभियान अगाडि बढाउने बताएको हो।

'पार्टी पुनः एकीकरणको हाम्रो अभियान अहिले दुई चरणको हुनेछ। पहिलो चरण सर्वोच्चको निर्णय अनाउँदासम्मको, दोस्रो चरण अदालतको निर्णयपछि’ अवधारणापत्रमा भनिएको छ। दुवै चरणमा पार्टी एकीकरणका विभिन्न विकल्पहरुमा छलफल हुनेछन्।

‘प्रतिनिधिसभा पुनस्स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अबलम्बन गरिने छ’, अवधारणापत्रमा भनिएको छ।

हेरौँ अवधारणापत्र

1bandev

2bamdev

3bamdev

4bamdev

5bamdev

6bamdev

7bamdev

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .