राजनीति


ओली रणनीति : पूर्वमाओवादी लडाकुलाई ‘लोकतन्त्र योद्धा’ सम्मान दिने सरकारको निर्णय

ओली रणनीति : पूर्वमाओवादी लडाकुलाई ‘लोकतन्त्र योद्धा’ सम्मान दिने सरकारको निर्णय

नेपालखबर
माघ १२, २०७७ सोमबार ०:२९,

जनयुद्धकालीन लडाकुलाई आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट उनीहरूलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने निर्णय गराएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाउने क्रममा प्रभावित भएका सबैलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो।

मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएकाहरूलाई सम्मान गर्न भन्दै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति बनाएको छ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समितिले सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहिद भएकाका परिवार, बेपत्ता पारिएकाका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित, घाइते, विस्थापित, अपांगता भएकाहरूकाको विवरण संकलन गर्नेछ।

एक मन्त्रीका अनुसार समितिले उनीहरूलाई लोकतन्त्रको योद्धाका रूपमा सम्मान र परिचयपत्र वितरण गर्न अभिलेख संकलन गरी मापदण्डसहित प्रतिवेदन तयार पारेर सिफारिस गर्ने काम गर्नेछ।  

यसअघि सरकारले जनयुद्धका घाइतेहरूलाई नि:शुल्क उपचार गर्ने निर्णय गरिसकेकाे छ।

याे पनि : 

पूर्वलडाकुलाई सम्मान गर्ने सरकारको निर्णयप्रति डा. भट्टराईको टिप्पणी : ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ !

ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल, खाम अझै बार्गेनिङमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad