समाज


आफूलाई विष खुवाइनुमा राष्ट्रपति पुटिन जिम्मेवार रहेको नभाल्नीको भनाइ

आफूलाई विष खुवाइनुमा राष्ट्रपति पुटिन जिम्मेवार रहेको नभाल्नीको भनाइ

नेपालखबर
असोज १५, २०७७ बिहिबार ११:५,

जर्मन म्यागेजिन डेर स्पाइगलसँग पुटिनले भनेका छन्,‘म जोड दिएर भन्छु यस कार्यमा पुटिन संलग्न छन्।’

रुसमा स्वभियतकालिन विष नोभिचोक नर्भ एजेन्ट खुवाइएका नभाल्नीलाई जर्मनीमा उपचारको लागि ल्याइएको थियो।

अगष्ट २० मा उनी विरामी परेर अचेत बनेका थिए। विमानमा बेहोस भएपछि उनलाई आपतकालीन अवतरण गर्दै अस्पताल भर्ना गरिएको थियो।

विमान चढ्न अगाडि उनले चियामात्र सेवन गरेका थिए। सोही चियामा विष लगाइएको आशंका गरिएको छ।

रुसको अस्पतालले नभाल्नीको शरीरमा विषको मात्रा नभेटिएको बताएको थियो। तर तत्काल जर्मनीको अस्पतालमा उपचारको लागि ल्याइएका उनको शरीरमा नर्भ एजेन्ट देखिएको बताइएको थियो।

लामो समय अचेत रहेका उनको हालैमत्र होस खुलेको छ। सरकारी भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएका कारण उनीमाथि कयौंपटक भौतिक आक्रमण भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .