राजनीति


अदालतमा विचाराधीन मुद्दामा आशंका राख्नु दुःखद : सर्वोच्च अदालत

अदालतमा विचाराधीन मुद्दामा आशंका राख्नु दुःखद : सर्वोच्च अदालत

नेपालखबर
माघ २, २०७७ शुक्रबार १३:३९,

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चार जना न्यायाधीशले भेटेको सम्बन्धि खबरको खण्डन गर्दै अदालतमा विचाराधीन मुद्दामा आशंका राख्नु दुःखद रहेको बताएको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले शुक्रबार साँझ विज्ञप्ती जारी गरेर यस्तो खण्डन गरेका हुन्।

‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकुल प्रभाव पर्नेगरी भ्रामक ... समाचार सम्प्रेषण हुनु दुःखद र खेदजन्य विषय हो’, प्रवक्ता ढकालको विज्ञप्तीमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने कुत्सित मनसाय राखी ... समाचार सामाग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यस प्रतिको आस्थामा खलल पुग्न जाने ... अवस्था रहन्छ।’

विज्ञप्तीमा ‘यस प्रकारका कार्यहरू कानून प्रतिकुल हुनेहुँदा कानूनी दायरामा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण’ गराइएको छ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ भइरहेका बेला पुस २६ र २७ गते बालुवाटारमा चार जना न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको रिपोर्ट शुक्रबार बिहान नेपालखबरमा प्रकाशित भएको थियो।

नेपालखबरले रिपोर्टमा उल्लेख भएका दुई जना न्यायाधीश सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीसँग सो रिपोर्ट प्रकाशित हुनु पहिले नै सम्पर्क प्रयास गरेको थियो। तर दुवै जनासँग सम्पर्क हुन नसकेको अवस्थामा विश्वसनीय स्रोतहरूले दिएको सूचनाका आधारमा सो रिपोर्ट प्रकाशित गरेको हो। 

Supreme Court PR

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .