कारोबार


ज्योति विकास बैंकद्वारा मध्यबिन्दु अस्पताललाई बेबीवार्मर प्रदान

ज्योति विकास बैंकद्वारा मध्यबिन्दु अस्पताललाई बेबीवार्मर प्रदान

नेपालखबर
माघ २, २०७७ शुक्रबार १३:२८,

ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई एकथान बेबी वार्मर प्रदान गरेको छ।

जिल्ला अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरेको हो।

बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाईराख्न सहयोग गर्दछ।

कार्यक्रममा ज्योति विकास बैंककातर्फबाट गण्डकी प्रदेश र चितवन जिल्लाक्षेत्रका क्षेत्रीय प्रमुख विशाल लामिछाने, बैंकको कावासोती शाखाका शाखा प्रबन्धक लोकनारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजयबहादुर सिंहद्वारा संयुक्त रुपमा अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नवलपुर वाणिज्य संघका अध्यक्ष दासुराज पोखरेललाई सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १०वटा ‘न्यानोनानी’ बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु.८लाख प्रदान गरेको थियो।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

हालसम्म बैंकले ३लाख भन्दाबढि खाताबाट करिब रु.४५ अर्ब ८५करोड निक्षेप संकलन गरी२३ हजार भन्दाबढि ऋणीलाई करिबरु. ३७अर्ब५९ करोड लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .