राजनीति


प्रचण्डले बोलाएको आजको बैठकमा पनि गएनन् गृहमन्त्री थापा

प्रचण्डले बोलाएको आजको बैठकमा पनि गएनन् गृहमन्त्री थापा

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १०:५७,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको सचिवालयका सदस्यहरुको बैठकमा पनि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा सहभागी भएनन्।

आजको बैठकमा थापा सहभागी हुने संभावना रहेको चर्चा चलेको थियो।

प्रचण्डले राखेको बैठकमा पूर्वमाओवादी खेमाका नेता थापा लगातार तीन पटक अनुपस्थित भए।

यसअघि प्रचण्डले राखेको शुक्रबार र शनिबारको सचिवालय सदस्यहरुको बैठकमा पनि उनी गएका थिएनन्।

शुक्रबार उनी मन्त्रालयमै व्यस्त रहेको उनको सचिवालयले जनाएको थियो।

तर, शनिबार पनि पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रचण्डसहित सचिवलायका बहुमत सदस्यहरुको बैठकमा थापा सहभागी थिएनन्।

स्रोतका अनुसार शनिबार प्रचण्डले थापालाई तीनपटक फोन गरेका थिए तर, उनले फोन नै उठाएनन्।

नेताहरुका अनुसार त्यहिबेला उनी प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग बालुवाटारमा छलफल थिए।

भदौ २६ को स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन नभएपछि दुई अध्यक्ष ओली र प्रचण्डबीच शक्तिसंघर्ष जारी छ।

नौ सदस्य रहेको सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिँदै आएका छन्।

सरकारमा समेत रहेका थापा कतैतर्फ खुलेका छैनन्।

पार्टीभित्र देखिएका सबै खालका विवादको विषयमा छलफल गर्न पार्टी बैठक राख्ने विषयमा सहमति खोज्नको लागि अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएको २ दिन वितिसक्दा पनि बैठक बस्ने वातावरण नबनेपछि प्रचण्डले मंगलबार अपरान्ह ४ बजे बैठक बोलाएका थिए।

धुम्बाराही पार्टी कार्यालय जानुअघि प्रचण्डले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर छलफल गरे।

सो बैठक नै निर्णायक हुने चर्चा चलिरहेका बेला थापा भने सहभागी नभएका हुन्। यद्यपी सो बैठकलाई अनौपचारिक भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .