ब्राजिलको स्वास्थ्य नियामक संस्था एनभिसाका अनुसार २९ अक्टोबरमा सिनोभ्याकको खोप लगाइएका व्यक्तिमा गम्भीर असर देखा परेको थियो। यसबाहेक एनभिसाले कुनै जानकारी दिएको छैन।
सिनोभ्याकको खोप अन्तिम चरणमा प्रवेश गरिसकेको कोरोनाविरुद्धको खोप हो। टर्की तथा इन्डोनेसियासहित विभिन्न देशमा यस खोपको परीक्षण जारी छ।
ब्राजिलमा भएको दुखद घटनाबारे सिनोभ्याकले कुनै प्रतिक्रिया जनाएको छैन। चीनले भने आकस्मिक प्रयोगका लागि यस खोपलाई आफ्नो देशमा स्वीकृति प्रदान गरिसकेको छ। एजेन्सी

प्रतिक्रिया