गत फागुनमा राष्ट्रपति बनेका राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो नीति तथा कार्यक्रम वाचन गर्दैछन्।
राष्ट्रपति भएपछि गम्भीर बिरामी परेका उनी भारतको नयाँ दिल्लीमा लामो उपचार गरेर आएका थिए।
अझै स्वास्थ्य लाभ गरिरहेका उनी संसद भवन पुग्दा नेपाली सेनाले साथमा अक्सिजन सिलिन्डर पनि लगेको थियो।
फोक्सोका बिरामी उनी अहिले पनि पूर्ण स्वस्थ भइनसकेकाले सेनाले उनको स्वास्थ्यमा विशेष निगरानी गरिरहेको छ।
54
Shares
प्रतिक्रिया