राजनीति


उपेन्द्र यादवसँग मतदाताले उठाए पाँच समस्या

उपेन्द्र यादवसँग मतदाताले उठाए पाँच समस्या

नेपालखबर
माघ २२, २०८२ बिहिबार १९:४७, काठमाडौँ

चुनावी प्रचारका घरदैलोमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मतदाताले विभिन्न समस्या सुनाइरहेको छ।

बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित लक्ष्मीपुर, पातो, बलाटी र बनौला गाउँका पुगेका यादवले स्थानीय नेता, कार्यकर्ता तथा मतदातासँग छलफल तथा भेटघाट गरेका छन्। त्यसक्रममा मतदाताले पाँच वटा समस्या सुनाएको यादवले बताए। 

कतै गाउँमा अझै सहज बाटो नपुगेको त कतै सिंचाइ सुविधा अभाव भएको गुनासो गरेका छन्। त्यस्त्ै, कतै गुणस्तरीय शिक्षाको अभाव त सुविधासम्पन्न अस्पताल नभएको सुनाएको यादवले बताए। 

पुल नहुँदा वर्षायाममा खोला तर्न समस्या झेल्नु परेको, समयमा मलखाद नपाएको पनि मतदाताले गुनासो गरेका छन्। ग्रामिण महिला अवसरबाट वञ्चित भएको, बेरोजगारी, नदी नियन्त्रण लगायतका समस्या पनि सुनाएको उनले बताए। 

चुनावको वेला आश्वासन दिने गरेको भए पनि जितेर गएपछि नफर्किने गरेको मतदाताले गुनासो गरेका छन्। ‘जनताका गुनासाहरू स्वाभाविक छन्, विकासै नभएको अवस्था छैन तर अपेक्षाकृत अन्य क्षेत्रहरूको तुलनामा यो क्षेत्र पछाडि परेको छ,’ यादवले भने। 

जनताबाट आएका गुनासालाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ। ‘मेरो नजरमा पाँच मूलभूत समस्याको रुपमा बाटोघाटो, स्वास्थ्य, गरिबी, बेरोजगारी र विकास अति आवश्यक रहेको पाएँ,’ यादवले भने, ‘आमजनताका लागि यो अत्यन्तै चिन्ताको विषय हो, सुधारका लागि तीनै तहको सरकारले गम्भीरता देखाउनु जरुरी छ।’ 

यादव सप्तरी-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। यसअघि उनी सप्तरी-२ बाट चुनाव लडेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad