अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन्।
आज विज्ञप्ति जारी गर्दै उनले मधेस केन्द्रीत दलहरूबाट अब मधेसको विकास र अधिकार रक्षा नहुने निष्कर्षसहित पार्टी छाडेको घोषणा गरेका हुन्।
आजबाट आफूले जसपाको मधेस प्रदेश समिति अध्यक्ष र पार्टीको साधारण सदस्यमेतबाट राजीनामा दिएको यादवले बताएका छन्।
राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएपछि यादव विवादमा तानिएका थिए। यादवलाई राज्य द्रोहको आरोपमा सर्लाही प्रहरीले गएकाे भदौ २५ गते पक्राउ गरेको थियो। सर्लाहीका एसपीलाई धम्क्याएको आरोपमा पनि उनीमाथि लागेको थियाे
विगतमा यादव जसपा सर्लाहीबाट मधेस प्रदेश सभामा निर्वाचित भएका थिए।
नव गठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नकाे लागि उनले जसपा छाडेको नेकपाका एक नेताले जानकारी दिए।
‘उनी विवादित मान्छे हुन्। अरु उपाय नभएपछि अब उनले नेकपामा प्रवेश गर्नको लागि जसपा त्यागेको जानकारी हामीले पाएका छौँ,’ तीन नेताले भने।

Shares

प्रतिक्रिया