राजनीति


मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

रिट निवेदनकर्ताहरू


नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १६:३५, हेटौँडा

मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले रिट दायर गरेका हुन्। 

मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो। 

‘सरकार गठन प्रक्रियाका लागि संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै पनि प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले काननु नै मिचेर धारा १६८ को उपधारा ३ मा टेकेर सरकार गठन गरेको विषयमा त्यसको बर्खीलाप रिट निवेदन दायर गरेको हो,’ रक्कीप्रसाद साहले भनेका छन्।

उनले यस विषयमा सर्वोच्च अदालतले सकारात्मक र संविधान रक्षाको निर्णय गर्नेमा आफूहरू आशावादी रहेको समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad