राजनीति


मधेसको मुख्यमन्त्रीमा जितेन्द्र सोनलले लिए शपथ

मधेसको मुख्यमन्त्रीमा जितेन्द्र सोनलले लिए शपथ

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०८२ बिहिबार १३:१२, काठमाडौँ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। 

लोसपाका नेता साेनल पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए। सोनलको तोकिएको सयम (बिहीबार बिहान ११ बजे)भन्दा दुई घण्टा ढिलो गरेर शपथ लिएका हुन्। 

सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएकी छन्। सोनलसँगै आज दुई मन्त्रीले पनि शपथ लिने तयारी छ। 

जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेलले मन्त्री पदको शपथ लिन लागेका हुन्। तर, उनीहरुको मन्त्रालय भने टुंगिसकेको छैन। 

गठबन्धनमा सहभागी दलबीच मन्त्रालय बाँडफाँडमा छलफल चलिरहेकाले यादव र पटेलले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिन लागेका बताइएकाे छ। 

गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले चार मन्त्रालय पाउने सहमती छ। त्यसैगरि जनमतले पनि चारवटै मन्त्रालयमा दाबी गरेको छ। तर उनले तीनवटा मन्त्रालय पाउने सम्भावना छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने २–२ वटा मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ। लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी अन्य दलकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad