राजनीति


विद्यार्थी नेता विश्वमणि थापाले अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी दिने

विद्यार्थी नेता विश्वमणि थापाले अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी दिने

नेपालखबर
पुस १८, २०८१ बिहिबार १२:३, सर्लाही

विद्यार्थी नेता विश्वमणि थापाले अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनको लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ। 

क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भएपछि आफू संगठनको केन्द्रीय अध्यक्षको उम्मेदवार बन्ने निष्कर्षमा पुगेको थापाले बताए। सर्लाही घर भएका थापा हाल अखिल क्रान्तिकारीकाे मधेश प्रदेशको उपमहासचिव छन्। 

अखिल क्रान्तिकारीको नयाँ कार्य समिति चयन गर्दा उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा विवाद थियो। यही विवादका कारण गत असोज १० गतेदेखि काठमाडौँको कीर्तिपुरमा आयोजित २३औँ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो। यो विवादको छिनोफानो गर्न अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अपनाएको थियो। 

३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लागू गर्नुपर्ने पक्षमा ९०० र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८७९ मत परेको थियो। 

अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनिने क्रान्तिकारीले जनाएको छ। 

अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ। पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने छन्।

सार्वजनिक निर्वाचन तालिका अनुसार आगामी माघ ५ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। मतदान कार्य माघ १२ गते शनिबारका लागि तोकिएको छ।

अहिलेसम्म क्रान्तिकारीको अध्यक्षको लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतले दाबी गरेका छन्। ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad