राजनीति


बरहथवा घटनामा कांग्रेसले भन्यो: घाइतेहरूको उपचार गर, प्रदर्शनकारीको मागमा गम्भीर बन

बरहथवा घटनामा कांग्रेसले भन्यो: घाइतेहरूको उपचार गर, प्रदर्शनकारीको मागमा गम्भीर बन

घटनास्थल


नेपालखबर
पुस २१, २०८० शनिबार ११:२७, काठमाडौँ

सर्लाहीको बरहथवामा शुक्रबार सुरक्षाकर्मीको गोलीबाट युवक मारिएकोप्रति नेपाली कांग्रेसले दुःख प्रकट गरेको छ। 

बरहथवा–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने कि नगरअस्पताल भन्ने विषयमा शुक्रबार दिउँसो दुई पक्षबीच विवाद हुँदा भएको झडपका क्रममा प्रहरीको गोलीले स्थानीय युवा जयशंकर साह मारिएका हुन्। 

सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस केन्द्रीय कार्यालयले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारमा समवेदना व्यक्त गरेको हो। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन पनि माग गरिएको छ। 
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’ 

यसका साथै कांग्रेसले आफ्ना अधिकारको विषय उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न आम नागरिकलाई अपिल गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad