राजनीति


मधेश प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

मधेश प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

नेपालखबर
फागुन ३, २०७९ बुधबार १४:११, जनकपुरधाम

मधेश प्रदेशको प्रदेशसभा बैठक नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले अवरुद्ध पारेका छन्। 

बुधबार प्रदेशसभाको बैठक बसेलगत्तै कांग्रेसले अतिथिलाई संसदीय दलको कार्यालयमा प्रवेश गर्न नदिइएको भन्दै बैठक अवरुद्ध पारेको हो।

कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अतिथिलाई मर्यादापालक लगाएर किन संसदीय दलको कार्यालयमा प्रवेश गर्न दिइएन भन्ने जवाफ नआएसम्म बैठक अवरुद्ध पार्ने बताए। 

कांग्रेसका प्रदेशसभा सदस्यहरुले बैठक संचालन गर्न नदिइएपछि प्रदेशसभाको बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .