राजनीति


नयाँ दलले गरेका कामको पनि हिसाबकिताब मागौँ: विनोद चौधरी

नयाँ दलले गरेका कामको पनि हिसाबकिताब मागौँ: विनोद चौधरी

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १६:४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अब नयाँ दलसँग पनि उनीहरूले गरेका कामको हिसाबकिताब माग्नु पर्ने वेला आएको बताएका छ्न्।

मंगलरबा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले आजसम्म आफूले गरेका कामको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरिसकेको उल्लेख गरे। अब नयाँ भनिएक दलहरूसँग पनि हिसाब माग्नुपर्ने र प्रश्न गर्नुपर्ने उनको भनाइ थियो। 

‘हामीले आफूले गरेका कामको हिसाब सार्वजनिक गरेका छौँ। तपाईहरूले पनि नयाँ दललाई प्रश्न गर्नुस्, कि टाउको कहाँ छ, पुच्छर कहाँ छ,’ चौधरीले भने। 

अरुलाई बदल्नुभन्दा पहिला आफू बलदिलिनुपर्ने उनको तर्क थियो। परिवर्तनको आफैंबाट सुरुवात गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप कांग्रस बदलिएको उनको भनाइ थियो। 

उनले खजुरा खोला किनारमा निर्माण भएको उद्योग ग्राम सञ्चालनका लागि उधोगहरू स्थापनाको वातावरण तयार गर्न केही दिनभित्रै उद्योगीसँग छलफल भइरहेको बताए। केही दिनमै चौपत्तास्थित सहिद स्मृति अस्पतालमा डायलासिस सेवा सुरु हुने बताए। त्यसपछि मिर्गौलापीडित नागरिक अब टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ थियो। 

उनले आफू विगतदेखि नै थारू समुदायसँग नजिक रहेर काम गरेको उल्लेख गरे। थारू समुदायको इमानदारिता र उनीहरूका समस्यालाई आफूले नजिकबाट बुझेको बताउँदै चौधरीले भने, ‘म थारू समुदायको इमानदारितालाई राम्रोसँग बुझ्छु, मेरा उद्योगमा काम गर्ने कयौँ मजदूरहरू थारु समुदायका छ्न्, त्यसैले पनि मैले उनीहरूलाई नजिकबाट बुझेको छ।’

विकासको गतिलाई निरन्तरता दिन र परिवर्तनका लागि स्थायी सरकारको आवश्यकता पर्ने हुँदा अबको निर्वाचनमा कांग्रेसलाई अत्यधिक मतले विजयी गराउनुपर्ने बताए। उनी नवलपरासी पश्चिम-१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad