राजनीति


लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८२ बुधबार ८:३, काठमाडौँ

लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको एघारौँ बैठक आज बस्दैछ।

बुधबार दिउँसो १ बजे बस्ने बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ। छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख छ।

यस्तै, विभिन्न समितिका प्रतिवेदनहरू बैठकमा पेस गर्ने पनि कार्यसूची छ। 

साथै, समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad