ad ad

राजनीति


लुम्बिनीमा आज लीला गिरीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

लुम्बिनीमा आज लीला गिरीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

लीला गिरी


सुदीप भण्डारी
पुस २६, २०७९ मंगलबार ९:५७, बुटवल

लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पदको दाबी पेस गर्दै छन्। नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत पार्टीको समर्थनमा गिरीले अपराह्न ४ बजे दाबी पेस गर्दै छन्। 

गठबन्धनको भागबन्डामा लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने भएपछि सरकारमा रहने दलहरुबीच सोमबार देउखुरीमा छलफल भएको थियो। छलफलपछि दलका प्रमुखहरुले आआफ्ना सांसदको हस्ताक्षर संकलन गरी मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने निर्णय भएको माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले जानकारी दिए। 

लुम्बिनी प्रदेशमा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन्। एमालेका २९, माओवादी केन्द्रका १० (स्वतन्त्रबाट जितेका दीपेन्द्र पुन फर्केपछि) सांसद छन्। त्यस्तै राप्रपा ४, जनमत पार्टी र जसपाका ३–३ सांसदको समर्थन रहँदा गिरीको पक्षमा ४९ सांसद हुने छन् । बहुमत जुटाउन ४४ सांसद भए पुग्छ। 

४ सांसद भएको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गरिसकेको छैन। सो पार्टीले ११ बजेसम्म निर्णय दिन्छौं भनेको एमालेका सांसद भूमिश्वर ढकालले बताए। माओवादीबाट विद्रोह गरेका २ सांसदको पनि साथ पाउने अपेक्षा गठबन्धनले गरेको छ। 

प्रदेश सभामा नेपाली कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादीका र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन् । 

यसअघि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढि दलको समर्थनमा सरकार गठनका लागि पुस २७ गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्ने आह्वान गरेका थिए। 

सम्भवत: आजै प्रदेश प्रमुख शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नेछन् र भोलि शपथ खुवाउने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .