राजनीति


जनार्दन शर्मालाई पार्टी छाड भनेकै छैन मैले: प्रचण्ड

जनार्दन शर्मालाई पार्टी छाड भनेकै छैन मैले: प्रचण्ड

फाइल तस्बिर: प्रचण्ड र जनार्दन शर्मा


नेपालखबर
जेठ ३१, २०८२ शनिबार १४:०, विराटनगर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टी छाड नभनेको बताएका छन्। 

शनिबार बिहान विराटनगर विमानस्थलमा प्रचण्डले आफूले शर्मालाई पार्टी छाड भन्यो भनेर चलाइएको हल्ला गलत भएको जिकिर गरेका हुन्। 

जनार्दन शर्मालाई पार्टी छाड भन्नुभयो भयो रे नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन मैले, त्यो बेकारको कुरा हो। पत्याउनुभयो भने त्यो गल्ती गर्नुभयो।’

हालै सञ्चारमाध्यममा उनले शर्मालाई पार्टी छाड भनेको भनेर समाचार आएको थियो। 

त्यसो त अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच यसअघि नै खटपट परेको कुरा सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad