कोसी प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठक आज बस्दैछ। बैठकअघि आइतबार बिहान कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको छ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोसी प्रदेश प्रमुख परशुराम खापुङले कोसी प्रदेश सभाको सातौँ अधिवेशन आइतबारदेखि सुरु हुनेगरि आह्वान गरेका हुन्।
आज दिउँसो २ बजे बस्ने कोसी प्रदेश सभाको बैठकमा दलहरूको तर्फबाट धारणा राख्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
आजदेखि सुरु हुने प्रदेशसभाको सातौँ अधिवेशनले नीति तथा कार्यक्रम ल्याउने तथा बजेट छलफलपछि पारित गर्ने छ।
शनिबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले प्रदेश सभाको बैठकमा कोसी प्रदेश प्रमुखबाट प्राप्त चिठी पढेर सुनाउने, कोसी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेशसभामा टेबुल गर्ने र दलको तर्फबाट धारणा राख्ने विषयमा निर्णय गरेको छ।
Shares

प्रतिक्रिया