राजनीति


सुनसरीको भारतीय सीमा नजिकै माओवादीले निर्माण गर्‍यो  ‘तराई-मधेस जागरण अभियान स्मृति स्तम्भ’

सुनसरीको भारतीय सीमा नजिकै माओवादीले निर्माण गर्‍यो  ‘तराई-मधेस जागरण अभियान स्मृति स्तम्भ’

नेपालखबर
फागुन २२, २०८१ बिहिबार ७:११, काठमाडौँ

सुनसरीको नेपाल-भारत सीमा क्षेत्र नजिकै माओवादी केन्द्रले तराई-मधेस जागरण अभियान स्मृति स्तम्भ निर्माण गरेको छ।

जागरण अभियानको क्रममा भारतीय सीमा क्षेत्रबाट एकसय मिटर नजिकै सुनसरीको देवानगञ्ज-३ पाँचोसिमरमा माओवादीले स्तम्भ निर्माण गरेको हो। 

यही फागुन १५ गते माओवादीको मेची महाकाली जागरण अभियान सुनसरी पुगेको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्तम्भको अनावरण गरेका हुन्।

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नी सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुड, उपमहासचिव गिरीराजमणि पोखरेल, वर्षमान पुन अनन्त, हरिबोल गजुरेल, मातृका यादव, जनार्दन शर्मा लगायतका पदाधिकारी पनि सहभागी थिए। 

स्तम्भको अनावरण गर्दै प्रचण्डले सुनसरी पार्टीले रचनात्मक काम गरेको भन्दै प्रशंसा गरे।  ‘यो स्तम्भले हाम्रो अभियानलाई अनन्तकालसम्म स्मरणीय बनाउने छ,’ प्रचण्डले भने,  ‘यसले देशभरका पार्टी कमिटीहरुलाई रचनात्मक काम गर्नुपर्छ भन्ने सन्देश पनि दिएको छ।’

स्तम्भ निर्माणको नेतृत्व माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले गरेका हुन्। उनले जागरण अभियान एक महिनामा सकिए पनि त्यसको सन्देश अनन्तकालसम्म स्मृतिमा राख्न स्तम्भ निर्माण गरिएको बताए। 

माओवादी केन्द्र देवानगञ्ज गाउँ कमिटीले स्तम्भ निर्माण गरेको हो। बालुवा, इँटा र सिंगमरमरको प्रयोग गरेर जनश्रमदानबाट स्तम्भ निर्माण गरिएको उनले  बरालले जानकारी दिए। 

पूर्वपश्चिम हुलाकी लोकमार्गमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसहितका शीर्ष नेताहरु पैदल यात्रामा आउनु ऐतिहासिक महत्त्वको विषय भएको बरालले बताए। ‘यसले तराई मधेशको आर्थिक समृद्धिको खाका कोर्न पनि अभियानले सहयोग पुग्ने छ,’  उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad