नेकपा एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो टिम एमालेमा समायोजन भएको छ।
एमाले पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई एमालेमा स्वागत गरे।
बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव समेत थिए। पछि नेकपा विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए।
बडुवालसँगै समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनबाट गरि ६२ जना एमालेमा समायाेजन भएका छन्।
132
Shares
प्रतिक्रिया