राजनीति


रुकुम पश्चिममा जनार्दनलाई उनेपा उम्मेदवारको समर्थन

रुकुम पश्चिममा जनार्दनलाई उनेपा उम्मेदवारको समर्थन

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १२:६, काठमाडौँ

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई उज्यालो नेपाल पार्टी (उनेपा)ले समर्थन गरेको छ। 

शुक्रबार पत्रकार सम्मेलन गरी उनेपाका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताएका छन्। केसीले प्रलोपा उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन्। 

उनले रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउन लागेको बताए। 
यसअघि नेकपा (एमाले) ले पनि शर्मालाई समर्थन गरिसकेको छ। अब प्रलोपाका शर्मा, कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाहीबीच प्रसतस्पर्धा हुने भएको छ। 

शर्मा यसअघि यो क्षेत्रबाट चार पटक निर्वाचित भएका थिए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि शर्मा अलग्गिएका थिए। उनले प्रलोपा गठन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad