ad ad

राजनीति


आफ्नै पार्टी सम्मिलित गठबन्धनविरुद्ध भीम रावलको टिप्पणी– संविधानविपरीतको यो धेरै दिन टिक्दैन

आफ्नै पार्टी सम्मिलित गठबन्धनविरुद्ध भीम रावलको टिप्पणी– संविधानविपरीतको यो धेरै दिन टिक्दैन

दिनेश बुढा
फागुन १२, २०७९ शुक्रबार ९:३८, सुर्खेत

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कुरा नमिल्दा एमाले–माओवादीसहितको सत्ता गठबन्धन धरापमा परेका बेला सत्ता साझेदार नेकपा एमालेका नेता भीम रावलले पनि गठबन्धन टुट्ने संकेत गरेका छन्।

शुक्रबार बिहान सुर्खेतमा पत्रकार भेटघाटमा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेता रावलले वर्तमान सत्ता गठबन्धन संविधानविपरीतको भएकाले यो धेरै दिन नटिक्ने दाबी गरेका हुन्। 

‘नेपाली जनताको चाहनाविपरीत भएको गठबन्धनको नतिजा हाल देखिन सुरु भयो’, रावलले भने, ‘यो गठबन्धन टिक्दैन।’ 

अहिलेको राष्ट्रपति चुनावको विवाद देखेर जनता चकित परेको टिप्पणी नेता रावलले गरेका छन्। 

‘राष्ट्रपतिका लागि यत्रो समय बैठक किन बस्नुपरेको? कारण के हो’, उनको प्रश्न छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .