कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन्।
शर्माले बिहीबार प्रदेश प्रमुखबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै कार्याभार सम्हालेका हुन्।
बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्री शर्मा रुकुम पश्चिम प्रदेश सभा (२) बाट निर्वाचित भएका हुन्।
105
Shares

प्रतिक्रिया