दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतालाई चक्कु हानिएको छ।
योनहाप समाचार एजेन्सीको रिपोर्टअनुसार डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख ली जे–म्युङलाई बुसानमा पत्रकार सम्मेलनकै क्रममा छुरा प्रहार भएको हो।
मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा छुरी प्रहार गरेका हुन्।
५९ वर्षीय ली २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले पराजित नेता हुन्।
आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो।
रिपोर्टअनुसार उनलाई अस्पताल पुर्याउँदा होसमै थिए।
ली हाल दक्षिण कोरियाको संसद्को सदस्य छैनन्। उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने विश्वास गरिएको छ।
162
Shares
प्रतिक्रिया