विद्यार्थी संगठनको विवादका कारण रोकिएको पोखराको पृथ्वीनारायण 'पीएन' क्याम्पसको स्ववियु निर्वाचनलाई नयाँ मिति तोकिएको छ।
क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरी चैत १० गते निर्वाचन मिति तय भएको बताएका हुन्।
नयाँ निर्वाचन तालिकाअनुसार चैत १० गते आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चुनाव हुनेछ।
निर्वाचनको मौन अवधि चैत ७ गते राति १२ बजेदेखि लागू हुने नपि बताइएको छ।
त्यस्तै यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन रोकिए पनि त्यसदिन निर्वाचन गराउन खटिएका प्राध्यापक र कर्मचारीहरू यथास्थानकै जिम्मेवारीमा रहने पनि पोखरेलले जारी सूचनामा भनिएको छ।

183
Shares

प्रतिक्रिया