नेपाली कांग्रेसका सहमहामन्त्री एवम् धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए।
तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन्। उनले दोहोर्याएर मत गन्न माग गरेका छन्।
रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र विजयी एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ।
महेन्द्रले दिएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ।
मंसिर २८, २०७९, बुधबार
प्रतिक्रिया