मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा १० प्रतिशत मत कटाउन नसक्ने ४ हजार ८५ जना उम्मेदवारको धरौटी खोसिएको छ।
निर्वाचन आयोगले बुधबार अन्तिम मत परिणाम सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएको हो।
'जम्मा मतको १० प्रतिशत नल्याउने प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको छ', प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, 'यसो गर्दा प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ जम्मा ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको छ।'
उनका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका दलहरुको पनि धरौटी जफत भएको छ।
'समानुपातिकतर्फ बन्द सूची पेश गर्ने ४७ मध्ये ४० दलको धरौटी जफत भएको छ', उनले भने, 'प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ। पहिलो हुने निर्वाचनतर्फ १ सिट पाउनै पर्छ। यस्तोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।'
प्रतिक्रिया