सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक सांसदहरुको सूची तयारीमा छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केही प्रदेश र प्रतिनिधिसभातर्फका पुरुष सांसदहरुको सूची तयार गर्न सभापति शेरबहादुर देउवालाई जिम्मा दिएको छ।
कार्यसम्पादन समितिको बैठकले गण्डकी प्रदेशसभातर्फको पनि समानुपातिक सांसदहरुको सूची तयार पारेको छ। गण्डकी प्रदेशसभामा ८ जना समानुपातिक सांसदहरु छानिएका छन्।
यी हुन गण्डकी प्रदेशसभातर्फ कांग्रेसका समानुपातिक सांसद:
दलित
टीकाकुमारी बस्याल
जनजाती आदिवासी
बिमला गौचन
रेखा गुरुङ
सरस्वती गुरुङ
पार्वती तामाङ
खस आर्य
सरस्वती अर्याल तिवारी
चम्पादेवी खड्का
कल्पना तिवारी
मंसिर २४, २०७९, शनिबार
प्रतिक्रिया