राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पशुपतिशमशेर जबराको नाम टुंग्याइएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले पहिलो पुरुषमा जबराको नाम टुंगो लगाएको हो।
प्रतिनिधिसभाको समानुपातिकतर्फ दोस्रो पुरुषको नामका विषयमा छलफल गरेर निर्णयमा पुग्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट सात सिट जितेको छ।
त्यसमध्ये पाँच जना महिला सांसद छान्नपर्नेछ भने दुई जना पुरुष हुनेछन्।
510
Shares
प्रतिक्रिया