स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। मतदान भएको १० दिनपछि सुरु भएको यहाँको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायम राखेका छन्।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका गुरुङले २४ सय १८ मतले अग्रता लिएका छन्। निर्वाचन आयोगका अनुसार गुरुङले ११ हजार ९ सय २० मत प्राप्त गरेका छन्।
गुरुङका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्मा कुमारी अर्यालले ९ हजार ५ सय २ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन्।
1.1k
Shares
प्रतिक्रिया