ad ad

राजनीति


दोलखाका १० वटा केन्द्रमा आज पुनः मतदान हुँदै

दोलखाका १० वटा केन्द्रमा आज पुनः मतदान हुँदै

फाइल।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ६:११, काठमाडौँ

दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा आज निर्वाचन हुँदै छ।

गत १२ मंसिरमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आज पुनः मतदान गराउने निर्णय गरेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार् निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। 

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो। 

नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गराउने निर्णय लिएको थियो।

दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो।

४ मंसिरको चुनावमा वैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका ७ वटा मतदान केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो। 

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो।

यही हुन पुनः निर्वाचन हुने बुथः 

१) बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)

२) वैत्यश्वरको ३ कालीढुङ्गा (क,ख,ग)

३) बैत्यश्वर २ को जनज्योति (क,ख)

४) तामाकोसीको हेल्थपोस्ट (क,ख)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .