स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना अघि बढाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।
आयोगको टोलीले स्थलगत अध्ययन गरेको एक सातापछि आयोगले ती दुवै क्षेत्रको मतगणना अघि बढाउन निर्देशन दिएको हो।
'ती दुवै स्थानको मतगणना अघि बढाउन निर्देशन गइसकेको छ', आयोगका एक अधिकारीले नेपालखबरसँग भने, 'अब त्यहाँ मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेर गणना अघि बढाउँछन्।
बुधबार बसेको आयोगको बैठकले ती दुवै ठाउँमा मतगणना गर्ने निर्णय लिएको। ती दुवै ठाउँमा पुगेर आएका जाँचबुझ समितिको प्रतिवेदन कार्यान्वयनबारे आयोगका पदाधिकारी विभाजित थिए। तर अब दुवै ठाउँमा गणना गर्न भनिएको हो।
स्याङ्जा २ का आधा दर्जनबढी स्थानमा सत्ता गठबन्धनले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले निवेदन दिएकी थिइन्।
उता बाजुरामा पनि सत्ता गठबन्धन र एमाले दुवैले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए।
Shares
प्रतिक्रिया