राजनीति


सुनसरी–४ मा मतान्तर बढाउँदै ज्ञानेन्द्र कार्की, कुसियैतको मत कति?

सुनसरी–४ मा मतान्तर बढाउँदै ज्ञानेन्द्र कार्की, कुसियैतको मत कति?

नेपालखबर
मंसिर १४, २०७९ बुधबार ६:४४, काठमाडौँ

गत ४ मंसिरमा भएको प्रतिििनधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। आयोगका अनुसार अहिले सुनसरी क्षेत्र नम्बर ४ को मात्र मतगणना जारी छ। 

प्रतिनिधिसभाका १६५ मध्ये १६१ क्षेको अन्तिम मतपरिणाम आइसकेको छ। दोलखामा पुनः मतगणना हुने भएको छ। बाजुरा र स्याङ्जा–२ को मतगणना भने सुरु हुन सकेको छैन्।

्मतगणना जारी भएको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। 

दुई दिन रोकिएर सुरु भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई मतले पछि पारेका छन्। 

पछिल्लो मत परिणाममा उनीहरुबीचको मतान्तर ३२२ मतको छ। 

निर्वाचन आयोगका अनुसार पछिल्लो मत परीणाम अनुसार कार्कीले २५ हजार ९४४ मत ल्याउँदा कुसियैतको २५ हजार ६२२ मत आएको छ।

यो क्षेत्रमा सुरु देखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad