ad ad

राजनीति


करिब १ करोड मत गणना गर्दा एकीकृत समाजवादीलाई २ लाख ८१ हजार

करिब १ करोड मत गणना गर्दा एकीकृत समाजवादीलाई २ लाख ८१ हजार

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २२:३५, काठमाडौँ

मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। 

मंगलबार अबेर रातिसम्म समानुपातिकतर्फ झण्डै एक करोड मत गणना गरिएको छ। 

समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ।

हालसम्म गणना भएको ९९ लाख ८८ हजार ५८५ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३०३ मत पाएको छ।

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ।

थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।

समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ लाख ९२ हजार ४५५ मत ल्याएको छ। दोस्रो नम्बरमा कांग्रेसले २५ लाख ४६ हजार ५१२ मत ल्याउँदा तेस्रोमा नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ४३२ मत पाएको छ। 

माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १४३ मत ल्याएको छ। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार ५७८ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ३०५ र जनमत पार्टीले ३ लाख ४६ हजार ८९५ मत ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .