ad ad

राजनीति


मध्यरातिसम्म समानुपातिकमा कुन दलको कति मत?

मध्यरातिसम्म समानुपातिकमा कुन दलको कति मत?

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २३:५९, काठमाडौँ

मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना जारी छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणनाको परिणामसँगसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको पनि मतपरिणाम अद्यावधीक गर्दै आएको छ।

आयोगले शुक्रबार मध्यराति आप्mनो वेवसाइटमा अद्यावधीक गरेको मतपरिणामले नेकपा एमाले सबैभन्दा अगाडि छ। उसले १५ लाख ८५ हजार ३७९ मत प्राप्त गरेको छ। 

एमालेलाई दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस १५ लाख १० हजार ६१८ मतसहित पछ्याइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ६ लाख ९४ हजार ९९२ मतका साथ समानुपातिकतर्फ तेस्रो स्थानमा छ।  

नेकपा माओवादी केन्द्र ६ लाख ६८ हजार ८१९ मत पाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ लाख ५५ हजार १९८ मत ल्याएको छ।

आयोगका अनुसार जनता समाजवादी पार्टी ९जसपा० १ लाख ९० हजार ७२७ मतले छैटौं स्थानमा हुँदा नेकपा एकीकृत समाजवादीले १ लाख ३६ हजार २५५ मत पाएको छ।

कैलालीको पूर्व क्षेत्रका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कब्जा जमाएको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ झण्डै १ लाख २८ हजार मत प्राप्त गरेको छ। 

मधेस केन्द्रीय राजनीति गरिरहेको जनमत पार्टीले १ लाख २० हजार मत कटाएको छ। यसबाहेक अन्य दलहरुले प्रतिनिधिसभा समानुपातिकतर्फ एक लाख मत कटाउन सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .