नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले नतिजा आफ्नो पक्षमा पारेका छन्।
सुरुवाती मतगणनादेखि पछि परेका उनले अन्तिममा नतिजा उल्ट्याउँदै नेकपा एमालेका उम्मेदवार बद्री मैनालीलाई पराजित गरेका हुन्।
तामाङले मैनालीलाई २ हजार बढी मतको अन्तरले पराजित गरेका हुन्। यसको औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको छैन।
नुवाकोट २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले पनि दोब्बर मतान्तरसहित जित निकाल्न लागेका छन्।
972
Shares
प्रतिक्रिया