राजनीति


सर्लाही- ३ बाट एमालेका हरि उप्रेती ७७० मतान्तरले विजयी, माओवादी उम्मेदवार पराजित

सर्लाही- ३ बाट एमालेका हरि उप्रेती ७७० मतान्तरले विजयी, माओवादी उम्मेदवार पराजित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ७:६, काठमाडौँ

सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएका छन्। 

उप्रेती २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि एमालेबाट सर्लाही ३ बाटै निर्वाचित भएका थिए। त्यबेला उनले माओवादीका भरत थापालाई पराजित गरेका थिए।

प्रतिनिधिसभामा निर्वाचित हुने उप्रेती अभिनेता निखित उप्रेतीका दाइ हुन्। 

यसपटक उप्रेतीसँग पराजित हुने साह उम्मेदवारी मनोनयतको केही दिनअघि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक सांसद बनेका थिए।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि साह सर्लाही ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यतिबेला वाम गठबन्धनबाट माओवादी केन्द्रका रामेश्वर यादव विजयी हुँदा उनले गुलाब छापमा १२ हजार भन्दा धेरै मत ल्याएका थिए। 

निर्वाचन आयोगका अनुसार सर्लाही ३ बाट जनमत पार्टीका त्रिभुवनकुमार सिंहले ५ हजार ५१९, राष्ट्रिय स्वतन्त्र पार्टीका पञ्चबहादुर स्याङ्तानले ३ हजार ५६६, बहुजन एकता पार्टीका राजकुमार पासवानले १ हजार ११५ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad