राजनीति


समानुपातिक मत अपडेट : एमाले साढे ९ लाखबाट माथि उक्लियो (हेर्नुहोस् ११ दलको सूची)

समानुपातिक मत अपडेट : एमाले साढे ९ लाखबाट माथि उक्लियो (हेर्नुहोस् ११ दलको सूची)

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ७:८, काठमाडौँ

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमाले अघि लागेको लाग्यै छ।

आज बिहान ६:५३ बजेसम्मको विवरणअनुसार पहिलो स्थानमा रहेको एमालेले ९ लाख ६१ हजार २ समानुपातिक मत ल्याएको छ। 

निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७१ हजार ६ सय ९० समानुपातिक मत पाएको छ। यसैगरी तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ३८ हजार १ सय १६ मत ल्याएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ६० हजार ५२ समानुपातिक मत प्राप्त गरेको छ। 

समानुपातिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ। उसले अहिलेसम्म २ लाख ३६ हजार २ सय ११ मत ल्याएको छ। 

छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख १४ हजार ५ सय १९ समानुपातिक मत पाएको छ भने सातौं स्थानमा रहेको जनमत पार्टीले ६८ हजार ५ सय ७८ समानुपातिक मत ल्याएको छ। यसपछि आठौं स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले ६२ हजार ९ सय ११ मत पाएको छ भने नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७ सय ६० मत ल्याएको छ। 

दसौँ स्थानमा रहेर नेपाल मजदुर किसान पार्टीले ५६ हजार २ सय १४ समानुपातिक मत पाएको छ भने एघारौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ५ सय ८ समानुपातिक मत ल्याएको छ। 

याे पनि : बिहान ६ बजेसम्म कांग्रेस ३९ सिटमा विजयी, अन्य दल कति? (सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .