धनुषा–२ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी नेकपा एमालेका उमाशंकर अरगरियालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
यादव विजयी भएपछि कांग्रेस नेता बिमलेन्द्र निधिले शुक्रबार बिहानै करिब ५ बजे उनलाई ट्विटरमार्फत् बधाई दिएका छन्।
‘मेरो गृह जिल्ला धनुषामा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता रामकृष्ण यादव प्रतिनिधिसभाका लागि विजयी हुनु भएकोमा धेरै–धेरै बधाई तथा सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले लेखेका छन्।
यद्यपि, निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा भने गरिसकेको छैन। आयोगले वेभसाइटमा अद्यावधीक गरेको मत परिणाम अनुसार यादवको २० हजार ११२ र अरगरियाले १९ हजार ९५५ मत छ।
360
Shares

प्रतिक्रिया