राजनीति


भोजपुरबाट निर्वाचित माओवादी नेता सुदन किराँतीले विजयी जुलुस र भोज नगर्ने

भोजपुरबाट निर्वाचित माओवादी नेता सुदन किराँतीले विजयी जुलुस र भोज नगर्ने

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ०:२६, काठमाडौँ

प्रतिनिधि सभामा भोजपुर निर्वाचन क्षेत्रबाट निर्वाचित माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदन किराँतीले विजयी जुलुस, भोजका कार्यक्रम नगरी त्यसमा लाग्ने खर्चले मतदाताको घर छाइदिने भएका छन्।

बिहीबार मतपरिणाम सार्वजनिक भएपछि नेपालखबरसंग कुरा गर्दै उनले घरको छानो चुहिएर बनाउन नसकेका जनताको छानो छाउने कामको सुरुवात भोलिबाटै गर्ने बताए।

‘चुनावमा जिताउने भोजपुर क्षेत्रका मतदाताको फुसको छानो विस्थापित गरेर केही घरलाई जस्तापाता दिने निर्णय गरेको छु,’ किराँतीले भने, ‘विजय जुलुस नगर्ने बरु मतदातालाई धन्यवाद सभा गर्नेछु र श्रमसंग जोडिएर कुनै विकास निर्माणको कामको सुरु पनि गर्नेछु।’

किराँतीको अपिल 
आदरणीय मतदाता देश बिदेशमा रहनुहुने आमा वावा, दिदी बहिनी, दाजु भाइ, गठबन्धन दलका नेता गण तथा आम कार्यकर्ता साथीहरु निर्बाचनलाई सफल पार्न अहोरात्र  खटिनुहुने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी र पत्रकार र कलाकार मित्रहरुमा सर्बप्रथम त हार्दिक धन्यवाद ब्यक्त गर्दछु।

अब,
१, जिन्दावाद नारा लगाउँदै समय, शक्ति खर्च गरेर बिजयसभा नगर्ने। हामी त्यतिबेला मात्र हामी विजयी हुनेछौँ,  जतिबेला भोक,अशिक्षा र भ्रष्टाचार जस्ता हाम्रो महाशत्रुलाई परास्त गरी जनजिविकामा आम जनताको अधिकतम पहुँच बृद्धी गर्ने छौँ।

अन्तमा, तपाईहरुले मलाई मत दिनुभयो अब म मन दिएर काम गर्नेछु, तपाईहरुले माया दिनु भयो म तपाईहरुलाई बिश्वास र भरोसा दिनेछु साथै कहिले धोका दिने छैन। मलाई अबिर माला र खदा भन्दा पनि सगरमाथा जस्तै तपाईंइहरुको माया नै काफि छ कृपया माला अबिर र खदा लगाईदिएर दुख नगरिदिनु होला अब दुख गर्ने पालो मेरो हो म तपाईहरुको सेवक हुँ शासक होइन धन्यवाद!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad