कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेश सभा २ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
क्षेत्र नं. ३ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका बेलबहादुर राना मगर विजयी भएका छन्। रानाले ५ हजार ६०४ मतान्तरले जित हासिल गरेका हुन। रानाले १६ हजार १५२ मत ल्याए।
उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर विष्टले १० हजार ५४८ मत प्राप्त गरे। कांग्रेसका राना दोस्रो प्रयासमा प्रदेश सांसदमा निर्वाचित भएका हुन।
यसअघि ०७४ को चुनावमा राना पराजित भएका थिए।
मंसिर ८, २०७९, बिहीबार
93
Shares
प्रतिक्रिया